भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र : अध्यक्ष केपी शर्मा ओली
फ्ल्यासन्युज नेपाल२०८० असार २६ गते १५:३४
एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।
भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले ग¥यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।
एमालेलाई बद्नाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत ओलीले बताए ।