सवारी साधनको गति जाँच गर्न रिङरोडमा स्मार्ट क्यामेरा
फ्ल्यासन्युज नेपाल२०८० असार २६ गते १५:१०
सवारी साधनको गति जाँच गर्न काठमाडौं उपत्यकामा स्मार्ट क्यामेरा राखिएको छ।
चक्रपथ रिङरोड का विभिन्न ठाउँमा राखिएका यस्ता क्यामेराबाट सवारी साधन कति गतिमा गुडिरहेका छन् हेर्न सकिन्छ।
ट्राफिक प्रहरीले रिङ रोडमा अधिकतम ५० किमी प्रतिघन्टाको गतिमा सवारी साधन गुडाउन पाइने बताएको छ।
यो भन्दा बढी गतिमा सवारी साधन गुडाएको पाइएमा कानूनअनुसार कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।