दुर्घटनामा ज्यान गुमाएकाको शव हेलिकप्टरमा काठमाडौं ल्याइँदै
फ्ल्यासन्युज नेपाल२०८० असार २६ गते १५:०१
मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो।
यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरू सोमबार लुम्ला पुगेर आज काठमाडौं फर्कँदै थिए ।