शुक्रबार, जेठ २६, २०८०

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

फ्ल्यासन्युज नेपाल२०८० जेठ ८ गते १४:५२

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले हिजो प्रतिवेदन बुझाउने तयारी गरेपनि आज बल्ल बुझाएको हो । प्रहरीले पक्राउ परेकाहरूबाट झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ।

प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य मतियार बनाएको छ ।

तपाइँको प्रतिक्रिया