मिटर ब्याज पीडितलाई १५ दिनभित्र उजुरी गर्न आह्वान
फ्ल्यासन्युज नेपाल२०८० वैशाख १४ गते १८:०३
मिटरब्याज छानबिन आयोगले १५ दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।
‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालयले विज्ञप्ति जारी गरी उजुृरी गर्न आह्वान गरेको हो ।
आयोगको कार्यालय तत्कालका लागि गृहमन्त्रालय परिसरमा तोकिएपनि यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना हुँदैछ ।
आयोगले १७ गतेदेखि ३१ गतेसम्म उजुरीका लागि आह्वान गरेको हो।
‘यस आयोगबाट अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निवेदन आह्वान गरिएको छ । पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा पनि मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको जानकारी दिइएको छ ।