मंगलबार, असोज १६, २०८०

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ जनताले दिए : रवि लामिछाने

फ्ल्यासन्युज नेपाल२०८० वैशाख १३ गते ९:५१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिएको टिप्पणी गरेका छन्।

पुनः शानदार जित हासिल गरेपछि रास्वपा सभापति लामिछानेले बुधबार बिहान चितवन २ का मतदाताप्रति आभार व्यक्त गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिनुभएको छ। व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दलरउम्मेदवार र तिनका नेतारकार्यकर्ता समक्ष आग्रह गर्दछु।

तपाइँको प्रतिक्रिया