जितको नजिक रवि लामिछाने
फ्ल्यासन्युज नेपाल२०८० वैशाख १२ गते १०:१०
चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । यहाँको जारी मतगणनामा हालसम्म ६० हजार ६७३ मतगणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गर्दै जित नजिक पुगेका छन् ।
अब १७ हजार ६०४ मतगणना बाँकी रहँदा लामिछानेको मतान्तर फराकिलो बन्दै गएको छ ।
लामिछाने आफ्ना निकट्तम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ भन्दा ३५ हजार १४९ मतले अघि छन् ।
उनका निकटमत् प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले ७ हजार ९५२ मत प्राप्त गरेका छन् ।
यता, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपाने ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।