बारा २ मा उपेन्द्र यादवको अग्रता
फ्ल्यासन्युज नेपाल२०८० वैशाख १२ गते १०:०३
बारा-२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लाे मतपरिणाम अनुसार उनले १२ हजार १ सय १९ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ३२८ मतसहित तेस्रो स्थानमा छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको यस क्षेत्रमा ६८ हजार आठ सय ८७ मतदान गरेका छन् ।