गोविन्दले स्वर्णिमलाई माला लगाएर बधाई दिए
फ्ल्यासन्युज नेपाल२०८० वैशाख १२ गते ९:५८
तनहुँ १ को प्रतिनिधि सभा सदस्यमा (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । निर्वाचन परिणाम आए लगत्तै नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाएर बधाईसमेत दिएका छन्।
रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।
आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ।
उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए।