बिहीबार, चैत ९, २०७९

गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रियालाई अगाडि बढाउदैछौँ: प्रधानमन्त्री प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७९ चैत ३ गते १३:१८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुरस्थित गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार बिहान विश्वकप छनोटमा प्रवेश गरेको नेपाली टीमलाई बालुवाटारमा बधाई दिँदै प्रचण्डले धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको रंगशालाको निर्माण पुन: सुरु गर्न सरकारले प्रक्रिया अगाडि बढाइरहेको बताएका हुन् ।

रंगशाला निर्माणमा देखिएका केही प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रचण्डले बताए । यस्तै, प्रचण्डले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको बताए ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई तीन तीन लाख पुरस्कार घोषणासमेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया