बिहीबार, चैत ९, २०७९

उपराष्ट्रपति निर्वाचन : कांग्रेस सभापति देउवाले गरे मतदान

फ्ल्यासन्युज नेपाल२०७९ चैत ३ गते १३:१७

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ। अपराह्न बजेसम्म सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ। मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।

तपाइँको प्रतिक्रिया