बिहीबार, चैत ९, २०७९

सांसद चन्द्र भण्डारीलाई ४८ घण्टा भेन्टिलेटरमै राखिने

फ्ल्यासन्युज नेपाल२०७९ फागुन ५ गते १३:०१

घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता एवं गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । बुधबार राति घटनालगत्तै १०:३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।

उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । उनका सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखिने चिकित्सकले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दिएको जानकारी अनुसार सांसद चन्द्र भण्डारीको पछिल्लो अबस्था यस्ताे छ :

गएराती १०:३० वजे डा. सुनिल केस्वानीले गरेको परिक्षण पछि दिएको जानकारी अनुसार शरीरमा फ्लुईडको मात्रा डबल गर्ने र शुक्रबार बिहान १०:३० मा पहिलो सर्जरी गरिने छ । दिउँसो १:३० वजे दोस्रो सर्जरी हुनेछ । बढी जलन भएको खुट्टा र हातमा प्लाष्टिक सर्जरी गरिएपछि रोग प्रतिरक्षा प्रणाली बढ्ने भएका कारण यसलाई प्राथमिकतामा राखिएको छ। तर अनुहार सुन्निएका कारण तत्काल अनुहारको प्लाष्टिक सर्जरी हुने छैन। भित्री भागको जलनको उपचारको लागि औषधी जारी राखिएको छ।

गएराती ११:३० को बजे डा. संदीप मिस्त्रीले गरेको परिक्षण पछि दिएको जानकारी अनुसार सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखिने छ। गएराती १२:३० बजे डा. अमुलले गरेको परिक्षण पछि दिएको ब्रिफिङ अनुसार हृदयको चाल नर्मल रहेको र एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु पर्ने अवस्था नरहेको जानकारी गराइएको कांग्रेस नेता योगराज कँडेलले बताएका छन् ।

तपाइँको प्रतिक्रिया