रवि लामिछानेले लिए नेपाली नागरिकता
फ्ल्यासन्युज नेपाल२०७९ माघ १५ गते १४:१२
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको पत्रकारहरु लाई बताएका छन् ।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।