शनिबार, माघ २१, २०७९

खर्चभार कम गर्न प्रदेशका मन्त्रालय कटौती गर्छौं : प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७९ माघ ९ गते १३:५०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकार खर्च कटौतीमा केन्द्रीत भएको बताएका छन् ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रचण्डले प्रदेश मन्त्रालयको संख्या घटाउँदै खर्च कटौतीतर्फ सरकार केन्द्रीत भएको बताए ।

प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार समेत कटौती गर्न प्रस्ताव गरिसकेको समेत उनले बताए । प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूको बैठकमा पनि प्रदेशलाई चुस्त बनाउने र वित्तिय सुशासन कायम गर्नेबारे प्रस्ताव गरेको बताएका थिए।

यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलगायत सत्ता साझेदार दलका शीर्ष नेता सहमत रहेको प्रचण्डले बताए । प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको प्रचण्डले बताए ।

तपाइँको प्रतिक्रिया