भारतमा दुई नेपाली युवाको हत्या
फ्ल्यासन्युज नेपाल२०७९ माघ ८ गते १४:००
भारतमा दुई नेपाली युवकको हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँ सीतामढीमा हत्या भएको हो ।
हत्या हुनेमा जनकपुरका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साह रहेका छन् । रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए ।
पुस २७ गते दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो ।
उनीहरुको अपहरणपछि हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुको अपहरण गरेर ५० लाख फिरौती मागेका थिए ।
उनीहरुले फिरौती रकमसमेत नलिइ युवकहरुको हत्या गरेका हुन् ।