बिहीबार, माघ २६, २०७९

बालेन शैलीमा हर्कले चलाएको डोजरमाथि स्थानीयले गरे आक्रमण

फ्ल्यासन्युज नेपाल२०७९ माघ ८ गते १३:५६

धरान उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको छ ।

आइतबार बिहान उपमहानगरपालिका ५ देउरालीमा निर्माण भएको अवैध संरचनामा डोजर चलाएको हो । संरचना भत्काउन डोजर पुगेपछि स्थानीयले डोजरमाथि नै आक्रमण गरेका थिए ।

आक्रमणबाट डोजरमा क्षति पुग्नुका साथै केही व्यक्ति घाइतेसमेत भएका छन् । स्थानीयका आक्रमणका बाबजुत पनि सुरकक्षाकर्मीको सहयोगमा सार्वजनिक जग्गा खाली गराएको हो ।

सार्वजनिक जग्गामा संरचना निर्माण गर्दा पनि अटेर गरी निर्माण गरेपछि भत्काउन बाध्य भएको उपमहानगरपालिकाले बताएको छ ।

यसअघि पनि सो क्षेत्र खाली गराउने प्रयास भएकोमा उपमहानगर असफल भएको थियो ।

तपाइँको प्रतिक्रिया