राष्ट्रपति भण्डारीलाई भेट्न ओली शीतल निवास पुगे
फ्ल्यासन्युज नेपाल२०७९ पुष २० गते १६:०३
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।
छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपतिका लागि पार्टीभित्र लबिङ तीव्र भइरहेका बेलामा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सात दलीय गठबन्धनबाट राष्ट्रपति एमालेले पाउने पक्का भएको छ ।