शुक्रबार, माघ १३, २०७९

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

फ्ल्यासन्युज नेपाल२०७९ पुष २० गते १६:००

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सिंहदरबारमा भेट भएको हो । दुई नेताबीच समसामायिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

एमालेसँग मिलेर सरकार बनाएपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा ल्याउने प्रयास गरिरहेका छन् ।

प्रचण्डले पछिल्लो समय पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा पुगेका नेकपा एमालेका अध्यक्ष ओली र नेपालबीच भेट गराउने प्रयास पनि गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड काँग्रेससँगको गठबन्धन फुटेपछि पुन: वाम एकताका लागि सक्रिय बनेका छन् ।

तपाइँको प्रतिक्रिया