बिहीबार, माघ २६, २०७९

निर्मला हत्याकाण्डबारे अनुसन्धानका लागि नयाँ समिति गठन

फ्ल्यासन्युज नेपाल२०७९ पुष १५ गते २३:३६

प्रहरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निर्मला हत्याकाण्डको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको छ ।

गृहमन्त्रीको पद बहाली गरेलगत्तै निर्मलालाई न्याय दिने आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । ब्रिफिङ प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह पनि सहभागी भएका थिए ।

ब्रिफिङका क्रममा प्रहरीले अनुसन्धान अझै जारी रहेको बताएका थिए । गृहमन्त्री लामिछानेले घटनाको निष्कर्षमा पुग्नका लागि थप प्रभावकारी रुपमा कदम चालेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका थिए ।

अनुसन्धानका क्रममा कुनै बाधा अड्चन आएमा त्यसका लागि सरकार सदैव साथमा रहेको बताएका थिए । गृहमन्त्री लामिछानेको निर्देशनपछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति पनि गठन गरेको छ ।

समितिमा अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।

तपाइँको प्रतिक्रिया