मंगलबार, माघ २४, २०७९

आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान्छु : शेरबहादुर देउवा

फ्ल्यासन्युज नेपाल२०७९ पुष ६ गते १३:१२

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली काँग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’

तपाइँको प्रतिक्रिया