अनामनगरस्थित देवीनगरमा महानगरले चलायो डोजर
फ्ल्यासन्युज नेपाल२०७९ पुष ६ गते १३:०६
काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरामा डोजर चलाएको छ ।
महानगरले यसअघि नै अनधिकृत रुपमा निर्माण भएका घरटहरा हटाउन सूचना जारी गरेको थियो । अटेर गरेर बसेका २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ ।
महानगरले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले महानगरप्रहरी माथि नै आक्रमण गरेका थिए ।
आक्रमणमा ४० जनाभन्दा धेरै महानगर प्रहरी घाइतेसमेत भएका थिए ।