शनिबार, माघ २१, २०७९

अध्यादेश गैरसंवैधानिक कदम हो : भीम रावल

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर २९ गते १८:२४

नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

आज बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकाले यस्तो बेलामा देशको अहित हुनेगरि अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरेका हुन् ।

अहिले आएको अध्यादेश निहीत स्वार्थ बोकेर आएको आरोप लगाउँदै रावलले छैटौं पटक प्रधानमन्त्री हुनका लागि निहीत स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको र यो कदमले देउवाको विगतको तितो कुराको पूनरावृत्ति हुने उल्लेख गरे ।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानुनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानून भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गलत भएको रावलको भनाइ छ ।

तपाइँको प्रतिक्रिया