सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
फ्ल्यासन्युज नेपाल२०७९ मंसिर २० गते ११:३४
गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।
अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।
उनकाअनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर-घरमा पठाइनेछ।
‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने।