मंगलबार, माघ २४, २०७९

जिल्ला प्रशासन कार्यालयद्वारा धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर १६ गते ९:३८

ग्रेडरले किचेर बिहीबार दिउँसो धनगढीमा एक बालिकाको मृत्यु भएपछि जारी प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएको थियो । मृत्यु पछि विद्यार्थीहरूले सडक नै अवरुद्व गर्दै प्रदर्शन गरेका छन् ।

प्रशासनले निषेधाज्ञा अवधीभर ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरेको छ ।

तपाइँको प्रतिक्रिया