काठमाडौंको सुकुम्बासी बस्ती नहटाउनु : भूमि आयोगको
फ्ल्यासन्युज नेपाल२०७९ मंसिर १६ गते ९:३५
राष्ट्रिय भूमि आयोगले काठमाडौंस्थित सुकुम्बासी बस्ती नहटाउन आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि आयोगले शुक्रबार एक सूचना जारी गर्दै सुकुम्बासी बस्ती नहटाउन आग्रह गरेको हो ।
आयोगले काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन सूचना प्रकाशित गरिएको जनाएको छ ।