शनिबार, मंसिर २४, २०७९

एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ८ गते १०:४९

एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ।

तपाइँको प्रतिक्रिया