शनिबार, मंसिर २४, २०७९

मुस्ताङमा २९ वर्षका कांग्रेसका युवा नेता योगेश गौचन थकाली विजयी

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ५ गते ११:५६

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

थासाङ गाउँपालिका लेतेका बासिन्दा योगेश ले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।

कुल सात हजार दुई सय ३० मत खसेको यस जिल्लामा योगेशले ३९९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।

कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए।

पर्यटन व्यवसायी र होटल व्यवसायी योगेश नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका थिए। उनी कांग्रेसमा महाधिवेशन प्रतिनिधि पनि छन्।

तपाइँको प्रतिक्रिया