बिहीबार, माघ २६, २०७९

पूर्वी नवलपरासीको देवचुलीमा पुन: मतदान सुरु

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ५ गते ११:४०

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा आइतबार स्थगित भएको प्रदेसतर्फको समानुपातिक मतदान आज सोमबार मतदान सुरु भएको छ ।

आइतबार देशभर एक साथ भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न अवरोधका कारण १५ स्थानमा मतदान राकिएको थियो ।शान्ति सृजना निमावि केन्द्रमा आइतबार मतपेटिकामा आगो लगाएपछि मतदान स्थगित भएको थियो । आज कडा सुरक्षाबीच पुनः मतदान सुरु भएको छ ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार मतपत्र जलेपछि सोमबार कडा सुरक्षाबीच पुन: मतदान सुरू भएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया