बिहीबार, माघ २६, २०७९

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको मतपेटिकामा आगजनी

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १५:४१

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि मतदान रोकिएको थियो।

कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए।

आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए।

‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उनले भने।

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ।

तपाइँको प्रतिक्रिया