बिहीबार, माघ २६, २०७९

छिटफूट घटनाबाहेक मतदान उत्साहजनक १ः४५ सम्ममा ३२ प्रतिशत मतदान

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १३:४७

आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा आइतबार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले दिउँसो पत्रकार सम्मेलन गर्दै बिहानको समयमा कम मतदान भएको जनाएको छ।

‘चिसोका कारण हो कि किन हो फर्स्ट आवरमा कम मतदाता आउनुभयो। १०-११ बजेदेखि लाइन बढ्न थालेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,‘मतदान दिउँसो अझै बढ्ने विश्वास छ।’

केही ठाउँमा भएका छिटफूट घटनाबाहेक मतदान उत्साहजनक र शान्तिपूर्ण रूपमा भइरहेको उनले बताए।

उनले आजै रातीबाट केही स्थानको मतगणना सुरू गरिने पनि जानकारी दिए।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७० प्रतिशत मतदान हुने विश्वास व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया