मंगलबार, माघ २४, २०७९

देशभर शान्तिपूर्ण निर्वाचन, तीन स्थानमा मात्र हवाई फायर

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १३:३७

आज देशभर प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन भइरहेको छ ।

निर्वाचनका क्रममा विभिन्न स्थानमा तनावकोस्थितीसमेत उत्पन्न भएको छ । कतिपय स्थानमा प्रहरीले गोली चलाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर-६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा प्रहरीले गोली चलाएको छ । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गर्न थालेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो । अहिले स्थिती नियन्त्रणमा आएको छ ।

यस्तै, रौतहटका दुई मतदान केन्द्रमा प्रहरी हवाई फायर गरेको छ । गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकामा रहेको मतदान केन्द्रमा एक राउन्ड हवाई फायर भएको प्रहरीले जानकारी दिएको छ । मतदानस्थल बाहिर केही समूहले होहल्ला गरेर मतदानमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

यता, चितवनको ब्रम्हास्थानी आधारभूम विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ । चितवनको राप्ती-८ मा रहेको मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतदानमा अवरोध गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो । हवाई फायरपछि उनीहरु भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया