शुक्रबार, माघ १३, २०७९

देशभर शान्तिपूर्वक मतदान : गृहमन्त्री खाण

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १०:२६

रूपन्देही क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देशभरि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका हुन्।

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले भने, ‘शान्तिपूर्ण होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र सरकारले त्यसअनुसार काम गरिरहेको छ।’

उनले अहिले मतदान केन्द्रमा पुगेर अवलोकन गरिरहेका छन्। खाँणले दिउँसो ४ बजे मतदान गर्ने जनाएका छन्।

तपाइँको प्रतिक्रिया