जसपा र नेकपा एसका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि सिराहामा प्रहरीले गोली चलायो
फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १०:२१
सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर-६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा प्रहरीले गोली चलाएको छ ।
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गर्न थालेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।
अहिले स्थिती नियन्त्रणमा आएको छ ।