रौतहटका दुई र चितवनको एक मतदान केन्द्रमा हवाई फायर
फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते १०:१३
रौतहटको दुई मतदान केन्द्रमा प्रहरी हवाई फायर गरेको छ ।
गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकाको प्रावि भवन अमरपट्टि एक राउन्ड हवाई फायर भएको प्रहरीले जानकारी दिएको छ ।
मतदानस्थल बाहिर केही समूहले होहल्ला गरेर मतदानमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
चितवनको ब्रम्हास्थानी आधारभूम विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ ।
चितवनको राप्ती-८ मा रहेको मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतदानमा अवरोध गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।
हवाई फायरपछि उनीहरु भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।