शनिबार, माघ २१, २०७९

सोलुखुम्बुमा मतदान अधिकृत मृत फेला

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ३ गते ११:५७

निर्वाचन गराउनका लागि सोलुखुम्बु पुगेका मतदान अधिकृत मृत फेला परेका छन् ।

नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय मृत फेला परेका हुन् ।

राति सुतेका उनी बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।

उनको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया