मंगलबार, माघ १७, २०७९

स्थिर समयमा घर–घर छिरेका गण्डकीका अर्थमन्त्री लखेटिए

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर २ गते २२:०८

पैसा बाँडेर मतदाता प्रभावित पार्न घर–घर छिर्दै हिँडेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल लखेटिएका छन् ।

पाँच दलीय गठबन्धनबाट कास्की–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री बराललाई एमाले कार्यकर्ताले लखेटेका हुन् ।

माओवादी नेता बराल मौन अवधिमा शुक्रबार साँझ साढे पाँच बजे अन्नपूर्ण गाउँपालिका–१ भीर मुनि गाउँमा पुगेका थिए । त्यहाँ मत माग्न पुगेको भन्दै बराललगायत पूर्व सांसद एवम् माओवादी नेतृ दुर्गा विकलगायत माओवादी कार्यकर्तालाई लखेटेको एमालेका नेताहरूले बताएका छन् ।

एमालेले बराललगायत नेताहरू प्रहरीलाई बुझाएको समेत बताएको छ । तर, उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् । उम्मेदवार बरालको गाउँ भने पोखरा–२२ पुम्दी–भुम्दी हो ।

तपाइँको प्रतिक्रिया