मंगलबार, माघ २४, २०७९

आज मध्यरातिबाट मौन समय सुरु हुँदै

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर १ गते ८:२०

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनको ‘स्थिर समय’ (मौन अवधि) आज राति १२ बजेदेखि सुरु हुने जनाएको छ ।

आयोगले ‘स्थिर समय’मा प्रचारप्रसार लगायत कुनै पनि चुनावी गतिविधि गर्न नपाइने जनाएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीका अनुसार निर्वाचनको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू गरिएको छ ।

‘स्थिर समय’ मा कसैले प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया