मंगलबार, माघ २४, २०७९

भक्तपुरमा आगो लाग्दा एक युवतीको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक ३० गते १२:१७

क्तपुरको एक घरमा आगलागी हुँदा जलेर एक युवतीको मृत्यु भएको छ ।

बुधबार बिहान मध्यपुरठिमी नगरपालिका-६ कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लाग्दा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको जलेर मृत्यु भएको हो ।

अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट रोगबाट पीडित थिइन् । आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने उद्वार गरेर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

के कति कारणले आगलागी भएको भन्ने खुलेको छैन ।

तपाइँको प्रतिक्रिया