मंगलबार, माघ २४, २०७९

प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २९ गते १२:३५

प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ ।

उहाँ आज (मंगलबार) बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हाे। प्रधानमन्त्री देउवा आगामी मंसिर १ गते साँझ मात्र काठमाडौं फर्किने कार्यक्रम रहेकाे छ ।

उहाँकाे निर्वाचन क्षेत्रबाट पूर्व सहयोगी कर्ण मल्ल नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ भने स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल पनि प्रतिष्पर्धामा हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया