बिहीबार, माघ २६, २०७९

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २९ गते १२:३०

सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । चुनावलाई लक्षित गर्दै सरकारले बिदा दिने निर्णय गरेको हो ।
मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया