प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण
फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २८ गते ९:०६
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार रहेको नेकपा एमालेका युवा उम्मेदवार अब्दुस मियाँको टोलीमाथि अइतबार राति आक्रमण भएको छ ।
खाना खाँदै गरेको अवस्थामा अज्ञात व्यक्तिहरुले अब्दुसको टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणमा परी दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको छ ।
आक्रमणबाट होटलको टेबल कुर्सीहरु पनि भाँचिएको अब्दुसले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् । आक्रमणकारी को हुन भन्ने खुलाइएको छैन । गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।
गोरखा २ मा गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्व अब्दुस चुनावी मैदानमा छन् ।