शुक्रबार, माघ १३, २०७९

विजयको सुरुवात चितवनबाटै होस् : प्रधानमन्त्री देउवा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २६ गते १९:४७

प्रधानमन्त्री एवम् कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले सत्तागठबन्धनको जित हुन अति आवश्यक रहेको बताएका छन्।

४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा एवम् प्रदेश सभा सदस्य निर्वाचनको सम्दर्भमा चितवनमा आयोजित विशाल आम सभालाई सम्बोधन गर्दै देउवाले राष्ट्र एकता कायम गर्न, लडाइँ गरेर ल्याएको गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक वाम–गठबन्धनको जित आवश्यक रहेको बताका हुन्।

उनले विजयको सुरुवात चितवनबाटै होस् भनेर आफू आएको बताउँदै भने- स्थनीय तहमा पनि यहीँबाट गठबन्धनको विजयी शुरुवात भएको हो। अहिले पनि चितवनले यसको नेतृत्व लिनु पर्छ। देउवाकाले ३ वटा चुनाव सम्म गठबन्धन एक भएर अगाडी बढ्ने समेत बताएका छन्।

संविधानको अधिकार विपरीत गएर खेलाउना जस्तै गरेर केपी ओलीले दुई पटक सम्म संसद विघटन गरे। त्यसैले हामीले उनको खिलापमा संसद फिर्ता ल्याउने काम गर्यौ र हामी सफल भयौँ।

अब संघिय शासन व्यवस्था, समावेशीतालाई सस्थागत गर्दै हिमाल, पाहाड, मधेश संगै मेची देखी महाकाली सम्म राष्ट्रीय एकतालाई एकवद्ध बनाएर लैजाने हामीहरुको प्रयास छ। देउवाले भने- हामी एक भएर अगाडी बढ्यौ भने नेपालमा समवेशी, समानुपातीक संगै राष्ट्रिय एकता पनि कायम हुने विकास लिएको छु।

तपाइँको प्रतिक्रिया