पत्रकार सरोजराज अधिकारी मृत फेला परे
फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २४ गते ८:१२
पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।
काठमाडौंको सुन्धारास्थित सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी सम्पर्कबिहीन भएपछि परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले फोन ट्रयाकिङसँगै होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थ होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।
अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ। उनको जासुसीको जालो नामक पुस्तक चर्चित छ।
अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।