प्रदेश १ का मन्त्री तथा प्रदेश सभा उम्मेदवार थापाको निधन
फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २३ गते ११:२९
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
उपचारका क्रममा उनको विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
थापा २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएका थिए । यो पटक उनलाई कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दिएको थियो ।
गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते नै गम्भीर बिरामी परे । त्यसअघि भने उनी औषधि खाएर चुनावी अभियानमा थिए ।
असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो