बिहीबार, माघ २६, २०७९

फेरी सवारी लाइसेन्सको आवेदन बन्द

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २० गते ९:०४

यातायात व्यवस्था विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताएको छ।

मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको छ।

मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया