मंगलबार, माघ २४, २०७९

मंसिर ४ को निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १८ गते १३:४८

शुक्रबार विहान डडेलधुराका सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।‘अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘यो समावेशी संविधान हो । यसमा सबै जाती र जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ । त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने कुनै दुई मत छैन ।’ अहिले कांग्रेसकै पक्षमा देशभरी सकारात्मक सन्देश प्रवाह भएको उनको भनाई थियो ।

‘पूर्वदेखि पश्चिमसम्म अहिले नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता निकै सकारात्मक देखिएका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा दुई मत छैन ।’

प्रधानमन्त्री देउवाले कांग्रेस पहिलो पार्टी बनेपछि अबको ५ वर्षमा धेरै परिवर्तन हुने दाबी गरे । ‘गठबन्धनको पक्षमा मतदान गर्न र नेपाली कांग्रेसलाई लार्जेस्ट पार्टी बनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्न चाहन्छु,’ देउवाले थपे, ‘कांग्रेस लार्जेस्ट पार्टी भए अबको ५ वर्षमा धेरै ठुलो परिवर्तन हुन्छ । विकासले फड्को मार्छ ।’

प्रधानमन्त्री देउवा अहिले गृहजिल्ला डडेल्धुरामा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त रहने छन् ।

तपाइँको प्रतिक्रिया