शनिबार, माघ २१, २०७९

ब्यस्त देउवा र ओली, आज चार चुनावी सभालाई सम्बोधन गर्ने

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १८ गते ९:२१

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्दैछ । दार्चुलाको खलंगामा हुने आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीले आज बिहान ११ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आमसभालाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।

तपाइँको प्रतिक्रिया