शनिबार, माघ २१, २०७९

सन्दीपले बलात्कार गरेको पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस भएन : अधिवक्ता सापकोटा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १६ गते १८:४८

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्वको मुद्वमा थुनछेक बहस सुरु भएको छ ।

आजबाट सुरु भएको बहसमा पहिलो दिन सरकारी वकिल र नाबालिकातर्फका वकिलहरुको बहस सकिएको छ ।

यस्तै, सन्दीपको पक्षबाट भने दुई जना वकिलले मात्रै बहस गरेका छन् । अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपको पक्षबाट बहस गरेका हुन् ।

उनीहरुले बहसमा नाबालिका भनिएकी जाहेरकर्ताको उमेर १९ वर्ष पुगिसकेको दाबी गरेका छन् । नाबालिका भनिएकी जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले बलात्कार पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् ।

अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको सन्दीप पक्षका अधिवक्ता सापकोटाले जानकारी दिए । सन्दीप पक्षबाट बहस गरेका सापकोटा र पौड्यालले युवतीको जन्मदर्ता र नागरिकतामा जन्ममिति फरक फरक भएको विषए उठाएका थिए ।

जन्मदर्ता मौकामा बनेको कागज भएकाले सक्कली मिति जन्मदर्ताको मान्नुपर्ने सन्दीप पक्षका वकिलले बहसका क्रममा बताएका छन् ।

नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन रहेकाले पनि जन्मदर्तालाई नै आधिकारिक जन्ममिति मानेर मुद्वा अगाडि बढाउनुपर्ने माग गरिएको अधिवक्ता सापकोटाले बताए ।

तपाइँको प्रतिक्रिया