शनिबार, मंसिर २४, २०७९

प्रत्यक्षतर्फको तीन करोड ४० लाख मतपत्र छपाइ सकियो

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १६ गते १८:४३

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको तीन करोड ४० लाख मतपत्र छपाइ सम्पन्न भएको छ।

निर्वाचन आयोगले ६० लाख मतपत्र छाप्न बाँकी रहेकाे जनाएको छ। आयोगका अनुसार ललितपुर, भक्तपुर, काठमाडौं, बाराको मतपत्र छाप्न बाँकी छ। र, यो मतपत्र छाप्न बढीमा तीन दिन लाग्नेछ।

प्रत्यक्षतर्फको मतपत्र ४० जिल्लाका लागि करिब एक करोड ७० लाख मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ढुवानी कात्तिक २४ सम्म सक्ने जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फका चार करोड मतपत्र ढुवानी भइसकेको छ।

तपाइँको प्रतिक्रिया