मंगलबार, माघ २४, २०७९

आज सुनुवाई हुँने डा. तोसिमा र ‘नो नट अगेन’ को रिट कुमार चुडालको एकल इजलासमा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १५ गते १२:५१

निर्वाचन आयोगविरुद्व डा. तोसिमा कार्की र ‘नो नट अगेन’ले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेकी कार्कीको निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

यस्तै, ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्ने आयोगकै निर्णयकोविरुद्वमा पनि रिट परेको थियो । आयोगले उम्मेदवार निर्वाचित हुन पाउने अधिकारीलाई रोक्न नमिल्ने भन्दै ‘नो नट अगेन’ बन्द गर्ने निर्णय गरेको थियो ।

दुवै रिटको पेशी न्यायाधीस कुमार चुडालको एकल इजलामा सुनुवाई हुँदैछ ।

तपाइँको प्रतिक्रिया